धनगढी- कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष ५ महिना ३ दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१६ का २७ वर्षीय धर्मसिंह बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यस्तै, चोरी मुद्दामा १ महिना कैद सजाय र ४५ हजार ८ सय जरिवाना तोकिएका गोदावरी नगरपालिका–८ का ३५ वर्षीय गंगाराम चौधरी र चोरी मुद्दामै २३ दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१का २५ वर्षीय बिनित बडूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निज तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ ।













