धनगढी । कैलालीमा लागु औषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका तिल्केनी बस्ने वर्ष २१ को टंक बोहरा र सोही ठाँउ बस्ने वर्ष २२ को पदम न्यौपाने रहेका छन ।
शुक्रबार साँझ कैलाली लम्कीचुहा नगरपालिका वडा नं ०१ राजिपुर भन्ने स्थानमा लागु औषध खैरो हिरोईन सेवन तथा बेचबिखन कार्य भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट प्रनि लोकेन्द्र बहादुर सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले न्यौपानेलाई सोधपुछ गरी रित पुर्वक खानतलासी गर्दा निज न्यौपानेको घरमा लुकाई छिपाई टिनको बाकस भित्र रहेको खुकुरी चुरोटको बट्टामा कालो प्लाष्टिकको झिल्लीमा पोका पारी राखेको पोका थान ५६ प्लाष्टिक सहित तौल गर्दा ३ ग्राम ६३० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध तौल २ ग्राम १७० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी उक्त लागु औषध सहित निजहरु २ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।













