धनगढी- कैलालीबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय तथा रू. ९ हजार ३ सय ४६ जरिवाना तोकिएका कैलालीको गोदावरी नगरपालिका-६ का २६ वर्षीय दिनेश परियार र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकीएका कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारका ४२ वर्षीय विक्रम सुवाल पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार दुबै जनालाई धनगढी उपमहानगरपालिका-३ त्रिनगर एरियाबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













