• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

सुदूरपश्चिम- धनगढीमा आयोजित ‘शनिबारीय’ मेलामा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी थिइन् । महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय’ मेलामा थारु समुदायका ढिक्री, मच्छिक शिकार, अन्डिक भातलगायत परिकार ग्राहकको रोजाइमा परेपछि आम्दानी हुने नै भयो ।

धनगढी उपमहानगरपालिका–१५ सुर्मी गाउँकी चौधरीले मौलिक परिकार बेचेर एकैदिन रु पाँच हजार आम्दानी भएपछि मख्ख देखिइन् । “घरायसी कामबाहेक अन्य काम नजानेका कतिपय ग्रामीण महिलालाई मेलाले आम्दानी गर्ने बाटो देखाएको छ । हाम्रा परिकार ग्राहकको रोजाइमा पर्न थालेपछि मैले पनि यसैलाई उद्यमको रूपमा विकास गरिरहेकी छु”, उनले भनिन्, “शनिबार एकैदिन मध्याह्नदेखि बेलुका ५ बजेसम्म रु पाँच हजारको परिकार बिक्री हुने गरेको छ ।”

महिला मात्र सहभागी हुन पाउने गरी आयोजना हुने मेलामा अन्य समुदायका खाना परिकार र विभिन्न सामग्री पनि बिक्रीका लागि राख्ने गरिन्छ । मेलामा सहभागी हुने यहाँका ग्रामीण महिलाले ग्राहकसँग कारोबार गर्न सिकेको र यसले दीर्घकालीन रूपमा फाइदा पुग्ने कतिपयको भनाइ छ ।

यहाँ धेरैको रोजाइमा रैथाने परिकारहरू पर्ने गरेका छन् । तातोपानीको बाफको सहायतामा पकाइने चामलको पिठोको ढिक्री थारु समुदायमा खानाको स्वादिष्ट परिकार मानिन्छ । रैथाने जातको अन्दी धानको चामलबाट पकाइएको ‘अन्डिक भात’ पनि धेरैको रोजाइमा पर्छ ।

अर्की महिला उद्यमी मधु चौधरीले मेलाले आफूहरूका लागि स्वरोजगार अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “घरमा काम नभएर त्यसै बस्नुभन्दा मेलामा पुगेर खानाका परिकार बेचेर कमाइ गर्न पाएका छौँ । यसले सीप निखार्दै आम्दानी गर्ने अवसर सिर्जना गरिरहेको छ ।”

स्थानीय सूर्यप्रकाश जोशी महिलालाई मात्र लक्षित गरी सुरु भएको मेला एक मौलिक सुरुआत भएको बताए । उनले भने, “महिलालाई लक्षित गरेर गरिएको यो मेला एक नयाँ सुरुआत पनि हो । यसले उनीहरूलाई उद्यमशील र स्वरोजगार बन्न टेवा पुर्याएको छ । मेलाको दिगो व्यवस्थापनमा ध्यान दिन जरूरी छ ।”

धनगढी उपमहानगरपालिकाको पहलमा यो मेला सुरु भएको हो । गत शनिबार यसको दोस्रो शृङ्खला सम्पन्न भएको छ । महिलाद्वारा उत्पादित सामग्री तथा वस्तु बिक्री वितरणमा टेवा पुर्याउन स्थानीय महिलाका लागि ‘शनिबारीय’ मेला सुरु गरिएको र यसको दिगो व्यवस्थापन गरिने नगरप्रमुख गोपाल हमालको प्रतिबद्धता छ । “महिलाले सीपमूलक तालिम लिएर पनि त्यसको व्यवहारिक उपयोग नभइरहेको अवस्थामा उनीहरूको सीपको प्रयोग गरी उद्यमशीलता प्रवर्द्धनमा गर्ने उद्देश्यले मेला आयोजना गर्न थालिएको छ । यसले महिलाको सीपको व्यवहारिक प्रयोग गर्न टेवा पुग्ने विश्वास छ”, उनले भने, “आगामी दिनमा धनगढीमा बसेर अध्ययन गर्दै गरेका युवालाई लक्षित गरेर रात्रिकालीन बजारसमेत सञ्चालन गर्ने योजना छ ।”

मेलामा व्यवस्था गरिएका ६० भन्दा बढी विभिन्न स्टलमा महिलाद्वारा उत्पादित विभिन्न सामग्री र स्थानीय खानाका परिकार बिक्रीका लागि राख्ने गरिएको छ । यहाँ मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिएको छ, जसले ग्राहकलाई स्थानीय परिकारको स्वादसँगै मनोरञ्जन लिने गर्छन् । उद्यमी आम्दानी हुने भएपछि त्यसै मख्ख ।

सांस्कृतिक कार्यक्रमका संयोजक गुणाकर पनेरुले मेला स्थानीय महिलाको सीपको सदुपयोग गर्नाका साथै स्थानीय संस्कृति संरक्षणमा टेवा पुर्याउने बताए । “भर्खरै मेला सुरु भएको छ । यसलाई व्यवस्थित गर्दै यहाँको मौलिक कार्यक्रमका रूपमा विकास गर्दै लैजानुपर्छ”, उनले भने । रासस

  • शनिबारीय मेला’
बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.