धनगढी-कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ‘ख’ का लागि बलबहादुर ऐरले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पूर्व वडाध्यक्षसमेत रहेका ऐरले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनी नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहको निर्वाचनमा धनगढी -३ को वडाध्यक्षमा विजयी भएका थिए ।













