धनगढी- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी अनसनका कैलालीको धनगढी पुगेका छन् ।
सरकारले आफ्ना माग पूरा नगरेको भन्दै उनी आमरण अनसनका लागि धनगढी पुगेका हुन् । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिएका थिए ।
सुरक्षाको कारण स्थान भने अझै तय नभएको उनले बताएका छन् । अनसन बस्ने स्थानका लागि उनी छलफलमै छन् । आज बेलुका ५ बजेदेखि अनसन बस्ने उनको तयारी छ । उनको यो २०औं अनसन हुनेछ ।













