धनगढी- कञ्चनपुरमा छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका–१३ का ६५ वर्षीय धर्मानन्द जोशी घर नजिकैको नहरमा मृत भेटिएका हुन् ।प्रहरीकाअनुसार उनी बुधबार बिहान डुबेको अवस्थामा मृत भेटिएका थिए ।
यस्तै बेलौरी नगरपालिका–३ खिरियामा ६० वर्षीया धनुमायादेवी सिंह पनि नालामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













