काठमाडौं । रूपन्देही, कञ्चन गाउँपालिका-१ रामडाँडास्थित सडकमा लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२bमटेरिया बस्ने ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उदयपुर, त्रियुगा नगरपालिका-११ मेनचोकस्थित सडकमा स.१ त ७८२१ नम्बरको ट्याक्टरले किचेर प्र.१-०५-००१ प ७६८४ नम्बरको स्कुटर चालक रौतामाई गाउँपालिका-७ मुर्कुची बस्ने ४० वर्षीय बासु खड्काको आज दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ













