• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

एकता वार्ता समिति गठन गर्ने माओवादीको निर्णयप्रति नेकपा र नेसपा सकारात्मक

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विचार मिल्ने वामपन्थी शक्तिहरूबिच एकता गर्नका लागि उच्चस्तरीय वार्ता टोली गठन गर्ने निर्णय सकारात्मक कदम भएको एकता पक्षधरहरू नेताहरूले बताएका छन् ।

धुम्बाराहीमा पुस २१ देखि २३ सम्म बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले उच्चस्तरीय समिति गठन गर्ने माओवादीको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए ।

पार्टी एकताको विषयमा पहिले नै सहमति भइसकेकाले माओवादीबाट पहल भएपछि थप प्रक्रिया अगाडि बढाउने यादवले बताए ।

‘पार्टी एकताका लागि उच्चस्तरीय समिति बनाउने माओवादीको निर्णय सकारात्मक छ । पहिले पनि दुई–तीन चरण छलफल भइसकेको छ । हामी एकताबाट पछि हटेका छैनौँ’, रातोपाटीसँग उनले भने’, ‘उहाँहरूले वार्ता टोली पहिले नै गठन गर्नुभएको थियो । अब उच्चस्तरीय समिति बनाउने भनेपछि सोही अनुसार तयारी गर्छौँ ।’

पार्टीको नामको विषयमा पहिले नै सहमति भइसकेकाले कुनै समस्या नभएको उनले दाबी गरे । कहिले एकता हुन्छ भन्ने प्रश्नमा उनले त्यो माओवादीमा निर्भर रहने उनले स्पष्ट पारे । गत वर्ष चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबिच एकता हुने सहमति भएको थियो ।

यस्तै पार्टी एकतासम्बन्धमा उच्चस्तरीय समिति बनाउने माओवादीको निर्णय सकारात्मक भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए । यद्यपि पार्टी एकता कसरी गर्ने रु मोडालिटी कस्तो हुने भन्ने विषयमा स्पष्ट धारणा नआइसकेकाले अहिले नै प्रतिक्रिया दिनु हतार हुने उनको भनाइ छ ।

‘एकता प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा उहाँहरूले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गर्नुभएको छ । तर पार्टी एकता कसरी गर्ने रु मोडालिटी कस्तो हुने भन्ने सम्बन्धमा स्पष्ट धारणा बाहिर आएको छैन । माओवादीको स्पष्ट निर्णय बाहिर आएपछि थप प्रतिक्रिया दिनु उपयुक्त हुनेछ’, उनले भने ।

मंसिरको दोस्रो हप्ता बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्नेबारे अघिल्लो केन्द्रीय समिति बैठकले निर्णय गरेपनि प्रचण्डले बेवास्ता गरेको निष्कर्ष निकालेको थियो ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी एकताबाट आफूहरू नभागेको स्पष्ट पार्दै माओवादीको निर्णय अनुसार अगाडि बढ्ने बताएका थिए । बैशाखमा केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

यता माओवादीका सचिव देवेन्द्र पौडेलले पुरानो वार्ता समितिलाई विघटन गरी नयाँ वार्ता समिति गठन गर्न लागिएको जानकारी दिए । त्यो अध्यक्ष प्रचण्डकै नेतृत्वमा पनि हुन सक्ने वा पदाधिकारी मध्येबाट कुनै नेतृत्वमा पनि हुन सक्ने जानकारी दिए ।

‘केन्द्रीय समितिले गरेको निर्णय पार्टी एकता र वामपन्थी ध्रुवीकरणका लागि नयाँ उच्चस्तरीय समिति गठन गर्ने भनिएको हो । प्रचण्डजीकै नेतृत्वमा गठन गर्ने कि वा अन्य नेताको नेतृत्वमा गर्ने भन्ने विषयमा छलफल भएको छैन । यस विषयमा पदाधिकारी बैठकले टुङ्गो लगाउनेछ’, पौडेलले भने ।

पौडेलले नेकपा, नेसपासहित धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र प्रभु साह नेतृत्वको आम जनता पार्टी९अजपा०सँग पार्टी एकता हुने बताए । केन्द्रीय समिति बैठकले तत्काल यी चार दलसँग एकता प्रक्रिया अगाडि बढाउने र अन्य वामपन्थी शक्तिबिच मोर्चावन्दी र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो ।

यसअघि माओवादीले २०७९ पुस २३ गते उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय एकता वार्ता समिति बनाएको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य रहेका थिए ।रातोपाटीबाट

 

  • नेकपा र नेसपा सकारात्मक
शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान
कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.