धनगढी । कैलालीबाट एक किशोर लागूऔषधसहित पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपनलिका-८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर लागूऔषधसहित पक्राउ परेका हुन् ।
ती किशोरलाई २३० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको जनाइएको छ ।













