डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुकले गोली हानी आफनै श्रीमतीको हत्या गरिएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार डडेल्धुरा, अमरगढी ३ पथरोडा बस्ने बर्ष ३२ को डम्बर बहादुर थापा मगरले मादक पदार्थ सेवन गरी घरायसी बाद-बिबाद हुदा आफ्नै घर आगनमा आफ्नै श्रीमती बर्ष २४ की अस्मिता थापा मगरलाई एकनालेभरुवा बन्दुकले छातीमा गोली हानी हत्या गरेका हुन् ।
घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समेतबाट प्रहरी टोली खटि गई भरुवा बन्दुक सहित भाग्दै गरेकोअवस्थामा डम्बरलाई नियन्त्रणमा लिई साथमा रहेको भरुवा बन्दुक बरामद गरी अनुसन्धान कार्य भईरहेको जनाएको छ ।













