धनगढी -थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीले सविधान दिवस अर्थात असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने भएको छ ।
मोर्चाले असोज ३ गते कैलालीको लम्कीचुहा बलिया बजारमा विरोध सभा आयोजना गरेर कालो दिन मनाउने थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले जानकारी दिए । संयोजक चौधरीले जिल्लाका विभिन्न ठाउँमा संविधानको धारा २७४ र अनुसूची ४ लाई जलाएर विरोध गरिने बताए ।
२०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको थियो । थरुहट÷थारुवान मोर्चाले कैलाली–कञ्चनपुरसहित पश्चिम तराईलाई थरुहट राज्य बनाउनुपर्ने लगायतका माग गर्दै आएको छ ।
मोेर्चाले संविधान जारी हुनु अघिदेखि उठाउँदै आएका माग संविधानमा नसमेटिएपछि मोर्चाले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउँदै आएको छ ।













