काठमाडौं । काठमाडौं महानगरपालिका २६ गोंगबुको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ५ सयरूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानगरिरहेको छ ।













