बर्दिया । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ
गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













