कैलाली । धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ हसनपुर बस्ने भारत पलिया घर भएका १७ वर्षीय किशोर समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको
छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोल्याण्ड बरामद
धादिङ । धुनीवेशी नगरपालिका-६ धार्केबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ करिब ६ किलो ५ सय ७६ ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले धार्केबाट जीवनपुरतर्फ जाँदै गरेको बागमती प्रदेश एएबि २४५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल र झोला छोडी चालक फरार भएपश्चात झोला तलासी गर्दा उक्त पदार्थ फेला
पारी बरामद गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













