काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना.५ ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट भन्ने तयमोदिन मिँयाको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका(६ गोरकट्टास्थित सडकमा लु.२ ख २४ नम्बरको माइक्रो बसले लु.९० प ३७०० नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीय माधव गौतमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













