धनुषा । जनकपुरधाम उपमहानगरपालिका-९ स्थित सडकमा प्र.२-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकल र ज.१ ब ७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ज.१ ब ७९५ नम्बरको मोटरसाइकल चालक लक्ष्मीनिया
गाउँपालिका(१ सोहनी बस्ने ५० वर्षीय देवन्द्र यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले प्र.२-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ















