तनहुँ । व्यास नगरपालिका-३ देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका-२ को एक घरमाजुवातास खेलिरहेको अवस्थामा ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ७ सय ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













