बारा । कलैया उपमहानगरपालिका(४ स्थित नेपाल बैंक अगाडि सडकमा ना.४ ख ४१८६ नम्बरको ट्याङ्करले ना.४७ प ५९९७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता
ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













