धनगढी- संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।
सरकारले सार्वजनिक गरेको विभूषित हुनेहरूको नामावलीमा कैलालीका पत्रकार टेकराज जोशी पनि छन् । जोशी नेपाल सेवा प्रवीण पदकबाट विभूषित हुने भएका हुन् । कान्तिपुर टेलिभिजनका उप सम्पादक जोशी डेढ दशकदेखी सक्रिय पत्रकारितामा छन् ।













