धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीलाई नेपाल प्रताप सुभूषण पदकबाट विभूषित हुने भएका छन्। संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा अनुसार जोशीलाई नेपाल प्रताप सुभूषण पदकबाट विभूषित हुने भएका हुन्।
उनलाई नेपाल प्रताप सुभूषण पदकमा सिफारिस गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्ने भएकी छिन्। जोशी जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रवक्ता तथा प्रहरी उपरीक्षकको रुपमा जिम्मेबारी सम्हाली रहेका छन् ।















