धनगढी । भन्सार छलीको ५२ हजार ७०० मुल्य पर्ने सामान प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीका केही स्थानबाट सो मुल्यका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
कैलालीको धनगढी ७ बेली, भजनी ७ सिराधानी शिबिर नजिकबाट चिनि, सुर्ती, गुट्खा, प्लाष्टिक, साईकल, रातो र पहेलो रङ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













