धनगढी विमानस्थलबाट वुद्ध एयरको उडानमार्फत काठमाडौँ जाँदै गरेका कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय भवन नाथलाई लागू औषध सहित पक्राउ गरिएको हो । उनको साथबाट ६ ग्राम ७ सय मिलिग्राम लागुऔषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















