अछाम- अछाममा कार्यरत सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले एक दिनको तलब विपद् व्यवस्थापनमा सहयोग गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय अछाममा बुधबार प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीको अध्यक्षतामा भएको कार्यालय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत दीपेश रिजालले जानकारी दिए ।
सुरक्षाकर्मी बाहेक अछाममा कार्यरत कर्मचारीहरूले न्यूनतम तलब स्केलको एक दिन बराबरको तलब जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका हुन् । उक्त रकम भदौ ३१ गते राति पहिरोबाट पीडित भएकालाई हस्तान्तरण गरिने रिजालको भनाइ छ । भदौ ३१ गते राती पहिरोले अछामका कमलबजार, तुर्माखाँद र ढकारी गरेर २२ जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् ।















