धनगढी । कैलालीमा ४ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित ५ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरो शाखा कार्यालय धनगढी , टिकापुर,अस्थाई प्रहरी पोष्ट शान्तीनगरबाट खटिगएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
टोलीले कैलालीको गोदावरी नगरपालिका ८ स्याउले स्कुलटोल बस्ने बर्ष २५ को सुनिल बमको घरकोठामा खानतलासी गर्दा उनको सुत्ने कोठाको सिरानी भित्र लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८० मिलिग्राम र बर्ष २१ को प्रकाश भुललाई खानतलासी गर्दा उनको साथबाट २०० मिलिग्राम लागु औषध (खैरो हिरोईन) फेला पारेको जनाएको छ ।
त्यस्तै टीकापुर नगरपालिका ९ खक्रौला स्थित चेक पोष्टमा प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको चालक टीकापुर नगरपालिका ७ नारायणपुर बस्ने बर्ष २४ को अरूण श्रीवास्तवले चलाएको से. ६ प ६५९१ नम्बरको स्कुटरमा पछाडि सवार रहेका सत्ती बस्ने बर्ष २२ को संजय बिष्टलाई उनीहरुको शरीर तथा स्कुटरको खानतलासी गर्दा स्कुटर चालक अरूण श्रीवास्तवले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम ७९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता एंव प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप(महानगरपालिका ०१ बसन्त टोल स्थित ३ बस्ने बर्ष २६ बिरेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ५० मिलिग्राम लागु औषध (खैरो हेरोईन) गरी जम्मा ४ ग्राम १२० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी बरामद गरी उनीहरु पाचै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको उनले वताए ।













