काठमाडौं । काठमाडौं महानगरपालिका-२३ झोछेँको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ७ सय ५ रूपैयाँ सहित पक्राउ गरेको हो । त्यस्तै
सुनसरी, दुहबी नगरपालिका-२ तुथाहाको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















