रूपन्देही । शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित सडकमा लु।३ त ६३२२ नम्बरको ट्याक्टरले लु.४१ प ७५९६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका-५ बस्ने ३५ वर्षीय राजन अर्यालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













