मकवानपुर । मनहरी गाउँपालिका-६ लोथर बजारस्थित सडकमा बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा म्याजिक चालक राक्सिराङ गाउँपालिका-४ बस्ने ३२ वर्षीय
सन्देश कोईरालाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













