धनुषा । क्ष्रिरेश्वरनाथ नगरपालिका-६ कुचाई टोल को एक घरमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ३० हजार २ सय ३० नेपाली रूपैयाँ, ४ सय ३० भारतीय रूपैयाँ र ४ सय ८६ मलेसियन रिङ्गिट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













