काठमाडौं । मोरङ, बेलबारी नगरपालिका-१० भाउन्नेको एक घरमा संचालन गरेको होटलभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५
हजार ८० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै लमजुङ, बेसिशहर नगरपालिका-७ गैरीधारा को घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













