धनगढी- कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ५ का शेरबहादुर नाम्जाली श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाएर फरार भएका थिए । उनलाई आज बिहान गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
भारतबाट फर्केको भोलिपल्ट बिहानै श्रीमतीको हत्या, छोराछोरी पनि घाइते बनाएर फरार भए शेरबहादुर उनले श्रीमती ललिताको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए भने छोरी लक्ष्मी र छोरा विजयलाई घाइते बनाएका थिए ।
लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।













