धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ४४ हजार १६० बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो ।
उक्त मूल्यका कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













