बझाङ- बझाङमा एक जना पुरूषको शव फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित पानीकाफल सामुदायिक वनको घुअसखोलामा एक व्यक्तिको शव फेला परेको हो ।
मृतकको पहिचान नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।













