धनगढी । कैलालीको राजपुरबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अंकित कुमार निगम बानिया र मेकेन्द्र गिरी रहेका छन्् ।
आज कैलालीको धनगढी १३ राजपुर स्थित जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुहबाट प्र.ना.नि. गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटीगएको प्रहरी टोलीले नवलपरासी पालिनन्दन गाउँपालिका वडा नं. ०४ बस्ने बर्ष २८ को बानियाले चलाएको लु.प.प्र. ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उक्त मो.सा. पछाडी सवार जिल्ला बाजुरा त्रिबेणी नगरपालिका वडा नं. ०८ बस्ने बर्ष २५ को गिरी ले बोकेको झोलाबाट ८ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हिरोईन ) फेलापारी रितपुर्वक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिह बोहराले जानकारी दिए ।
उक्त मो.सा. र दुबै जनालाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाही लागि यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।















