कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाही, १८ वर्षीया किशोरी र जानकी गाउँपालिका-४ बस्ने २६ वर्षीय तिला राम कठरिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।













