ललितपुर । ललितपुर महानगरपालिका(२ सानेपास्थित सडकमा ना.६ ख ४६२४ नम्बरको ट्रकले गण्डकी प्रदेश ०३-००१ प ०४२४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं टेकु बस्ने कैलाली घर भएकी ४० वर्षीया नम्रता ज्ञवालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालक र ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













