धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीमा रहेको श्री जन–जागृति माध्यमिक विद्यालयले नव आगन्तुक विद्यार्थीको स्वागत तथा दशैँ, तिहार र छड पर्वको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
आइतबार स्कुल प्रागंणमा कक्षा १२ का विद्यार्थीहरुले एक कार्याक्रमको आयोजना गर्दै कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै दशै,तिहार र छड पर्वको शुभकामना आदानप्रदान गरेका हुन् । कार्यक्रममा विभिन्न कला संस्कृतिका नृत्यहरु प्रस्तुत गरिएको विद्यालयका प्रचार्य टेकबहादुर क्षेत्रीले बताए ।













