काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-८ ताथलीस्थित सडकमा बा.९१ प ८४१२ नम्बरको मोटरसाइकलले प्रदेश।३(०२(०१४ प ५०४३ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका-९ सुडाल बस्ने १७ वर्षीय रिजन फुयाजुको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त स्कुटरमा बा.प्र.०२-०३६ प ५३२७ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका बा.प्र.०२-०३६ प ५३२७ नम्बरको मोटरसाइकल चालकको ख्वप अस्पताल च्यामासिंहमा उपचार भइरहेको छ । प्रहरीले बा.९१ प ८४१२ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
मोरङ, ग्रामथान गाउँपालिका(६ स्थित सडकमा विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ११४० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













