काठमाडौं । काठमाडौं महानगरपालिका-२२ काठमाडौं मल अगाडी सडकमा बा.३४ प ४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा बा.३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर
इमाडोल बस्ने तनहुँ आँबुखैरेनी नगरपालिका-५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
म्याग्दी, अन्नपुर्ण गाउँपालिका-३ दानास्थित सडकमा ग.२ ख २१३९ नम्बरको बसले ग.१६ प ६१६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज घर भएका २० वर्षीय अपताप सलमानको घटनास्थलमै मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













