धनगढी । प्रहरीले कैलालीमा भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोक, वडा नं १९ लल्लिपुरघाट र भजनी नगरपालिका-३ छल्का पुलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१ लाख ९३ हजार ७३० बराबरका सामान नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्यको चिनी, मिश्री, मटर दाना, नरिवल, डाल्डा, प्याज, खुर्सानी, सिप्सी, पेठा मिठाई, पास्ता, सिद्रा माछा, बिडी, सुर्ती, गुट्खा, टप्स, कट्टु, कुर्ती सेट, सुट, साबुनलगायतका सामानहरु ४ ओटा साईकलसहित जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यरलयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













