• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या

  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित

बैतडी । दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ।

गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा खानेपानी समस्या जारी रहेको छ। तीगाउँका तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएको स्थानीयवासी करनसिंह भाटले जानकारी दिए। तत्कालीन समयमा एसियाली विकास बैंक (एडिबी)का सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको उनले बताए। उनले भने, ‘खानेपानीका लागि निकै समस्या छ। एडिबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो, परम्परागत पानीका कुवा सुकेका छन्। यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ।’

एडिबीको सहयोगमा २०५२ सालमा यहाँ खानेपानी योजना निर्माण भए पनि हाल भने जीर्ण भएको उनले बताए। दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरे पनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ। गाउँमा भएका पानीका मुहान सुकेपछि बडियावासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन्।

खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीयवासी लोकेन्द्र विष्टले बताए। उनले भने, ‘बडिया र कणेलीगाउँवासीका दुःख भनेको खानेपानी हो। यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुनसकेको छैन।” खानेपानीका लागि घण्टौँ लगाएर ल्याउनुपरेको स्थानीयवासी रघुवीर भाटले बताए। उनले भने, ‘खानेपानीका लागि घण्टौँ लाइन बसेर भर्नुपर्छ। पानी भर्नमै रातदिन बित्ने गर्छ।’

बडियामा खानेपानी पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु गरे पनि अधुरै रहेको छ। उक्त योजनाले बजेट अभावका कारण अहिलेसम्म पूर्णता नपाएको हो। बजेट अभावका कारण बडियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए।

उनले भने, ‘प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो। हाल भने खानेपानीको निकै समस्या छ।’ बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौँसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाइ छ। उनले भने, ‘योजना निर्माणका काम क्रमागत रूपमा चलिरहेको छ। आगामी वर्ष सम्पन्न हुने आस छ।’

बडियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि तीन करोड ९६ लाखमा लिफ्ट खानेपानी योजना निर्माण सुरु गरेको डिभिजन खानेपानी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताए। उनले भने, ‘उक्त योजना चारवटा ‘स्किम’मा काम भइरहेको छ। यसमध्ये तीनवटा ‘स्किम’ लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ। निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ।’रासस

मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गाउँमा डुल्दै बाघ
अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

समाचार

सबै

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.