काठमाडौं । मोरङ, कानेपोखरी गाउँपालिका-५ बस्ने ५२ वर्षीय जितलाल राजवंशी सोही गाउँपालिका-७ स्थित जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ बयरवन बस्ने ५४ वर्षीय महेन्द्र थापा मगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बझाङ, केदारस्यु गाउँपालिका-१ लादीबालुवास्थित सेती नदीको किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६२ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
कैलाली, टिकापुर नगरपालिका-२ ब्लक नम्बर १५ बस्ने ७७ वर्षीया सुरजा देवी थापा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा मानिस फेला
मृत अवस्थामा मानिस फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













