रुकुमपूर्व । नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीलाई मुसिकोट नगरपालिका–७, साँखाबाट बिदाइ गरिएको छ।
कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले अभियान टोलीका नेता तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेडाको ऊनबाट बनेको स्थानीय उत्पादन उपहार स्वरूप प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गर्नुभएको हो।
स्थानीय संस्कृतिको प्रवर्द्धन र उत्पादनप्रति सम्मानस्वरूप दिइएको र सो उपहारले अभियानको आत्मीयता र जनसङ्गठनबीचको सम्बन्ध झल्काउने छ ।















