धनगढी । कैलाली धनगढी उपमहानगरपालिका– २ स्थित नल्काघाटमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ।
बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ वाहिनीका सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरेका छन् ।
बीओपी उद्घाटनमा उनले सीमा सुरक्षासँगै चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सीमामा हुने चोरी, तस्करी तथा अपराधिक गतिवधि नियन्त्रण गर्न दत्तचित्त भएर लाग्न मातहतका निकायलाई निर्देशन दिए ।













