गोरखा । गोरखा नगरपालिका-४ फिनाम चोकमा गोरखाबाट आरूघाटतर्फ जाँदै गरेको ग.२ ख ९२९ नम्बरको बसले किचेर सोही ठाउँ बस्ने बिनिता सुर्खेतीकी छोरी ४ वर्षीया सबिना सुर्खेतीको बुधबार दिउसो मृत्यु भएको छ ।
बसबाट ओर्लने क्रममा सोही बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । साथै बसले किचेर घाइते भएकी बिनितालाई थप उपचारको
लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान
गरिरहेको छ ।















