धनगढी । कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा सोही नगरपालिकाको भुजेला बस्ने २४ वर्षीय राजेन्द्रसिंह टमटा खैरो हेरोइनसहित पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनलाई शुन्य दशमलव ४५ ग्राम लागुऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको जनाइएको छ ।













