कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमि सम्बन्धी नीति ल्याउन विलम्ब गर्न नहुने बताएका छन ।
बिहिबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको भूमि नीति मस्यौता उपर छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भूमिहीन दलित, सुकुम्बासी,अव्यवस्थित बसोबास, मुक्त कमैया, हलिया, कमलरी तथा वादी समुदायको पुनर्स्थापना सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना बनाउनु पर्नेमा जोड दिए ।















