धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिघ्र सञ्चालन हुने बताएका छन् ।
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको बिहीबार ज्ञापन्पत्र बुझ्दै उनले सो कुरा बताएका हुन् ।
‘विभिन्न चरणमा संवाद र छलफल भएका छन’, मुख्यमन्त्री शाहले भने ‘आगामी आर्थिक वर्षमा बजेट विनियोजन भई शैक्षिक कार्यक्रम सुरु हुनेमा म विश्वस्त छु ।’ ऐन जारी हुनुभन्दा अघि परराष्ट्र मन्त्री डाआरजु राणा देउवा, स्वास्थ्य मन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य सचिवसहितसँगको छलफलमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ पास गर्ने र सँगसगै बजेट विनियोजन शैक्षिक सत्र सञ्चालन गर्दै लैजाने विषय कुराकानी भएको मुख्यमन्त्री शाहले बताए ।
आइतबारको प्रतिनिधि सभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको थियो ।















