धनगढी । कैलालीको गोदावरी नगरपालिका-४ स्थित हाडखोलीमा डुबेर एक बालकको मृत्यु भएको छ।
बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका–४ बस्ने ८ वर्षीय कृस नेपालीको डुबेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनको हाडखोली खोलाको जम्मा भएको पानीको तालमा पौडी खेलीरहेको अवस्थामा पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।













