धनगढी । बैतडी केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका सुर्खेतका अनुसार बैतडीको खलङ्गा केन्द्रविन्दु भएर शुक्रबार बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।
भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।













